प्रधानमन्त्रीले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने

काठमाडाैं | चैत १, २०७९

प्रधानमन्त्रीले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने भएको छ।

 

 बुधबार बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकपछि पार्टी प्रवक्ता प्रकाशशरण महतले  प्रधानमन्त्री प्रचण्डले चैत्र ६ या ७ गते विश्वासको मत लिने जानकारी दिए।  उनले त्यसलगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताए।

 

'सरकारमा जानेबारे छलफल भएको छैन। विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्‍छ,'उनले भने,'चैत्र ६ या ७ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी छ।'

 

नेकपा एमाले र राप्रपाले कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड नेतृत्व सरकारलाई दिएको समर्थन फिर्तासहित बाहिरिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।


 
सरकारबाट बाहिरिए पनि रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन भने कायमै राखेको छ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्